दमक । गायक दीपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको ‘तिम्रो हुने मन छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका मेलिना राई, रचनाकार तथा सङ्गीतकार विद्या चाम्लिङ राई, निर्देशक भूपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरूको सहभागितामा दमकमा गीतको पोष्टर र भिडियो सार्वजनिक गरिएको हो ।

रचनाकार राईको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरूमा छायाङ्कन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले साथ दिएका छन् ।

भिडियो सम्पादन अनिल रानाले गरेका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ । युवा प्रेमी–प्रेमिकाहरूबीचको सम्बन्धलाई भिडियोमा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहन–सहनलाई भिडियोमा उतारेका छन् ।

भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय हेर्न सकिन्छ । ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका छन् ।