श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ६ गते बिहीबार, २२ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन  कृष्णपक्षको द्वादशी तिथि भोलि ०१ः३५, बजेसम्म उप्रान्त त्रयोदशी, नक्षत्र अश्लेषा भोलि ०२ः१८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः५२ बजे र सूर्यास्त ०६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लगानी बढाउनु परे पनि लागेको मूल्य उठाउन सकिनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। शत्रुपक्ष जागरुक हुनाले उनीहरूबाट सजग रहनुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अलि सङ्घर्षपूर्ण रहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गरे फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतार गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईष्र्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिन सक्छ । आशा मारेको नतिजा सकारात्मक हुने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामका लागि निकै दौडधुप गर्नुपर्ला । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ।