विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका  २६ जना प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।

उनीहरूले गीत, नृत्य, कविता, कथा, कुकिङ्ग, खेललगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा उत्कृष्ट हुने एक जना प्रतियोगिले मिस कोशीको फाइनलमा ‘मिस ट्यालेन्ट’ एवार्ड प्राप्त गर्नेछन् ।

असोजको दोस्रो साता हुने मिस कोशीको फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन (नेहा), विराटनगरकी बबिता राय, निरिछा मण्डल, इनरुवाकी श्रुति कुमारी उराव रहेकी छिन् ।

यस्तै  खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, ईशु मगर,  तेह्रथुमकी विनीता लिम्बु (हाङमा),  सुनसरी राम धुनीकी भावना राई, सुन्दरहरैचाकी सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा (एलिना), दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल,  र सप्तरीकी  दिब्यानी चौधरी प्रतिस्पर्धी रहेकी छिन् ।

फाइनलमा छनौट भएका किशोरीहरू बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।