धरान । एसईई स्टेट वान सिङ्गिङ आइडल सिजन २ र डान्सिङ स्टार सिजन १ का विजेताहरूलाई युएन नवोदय कलेजले बिहीबार छात्रवृत्ति प्रदान गरेको छ ।

फक्ताङ्लुङ मिडिया हाउस प्रालिले सञ्चालनमा ल्याएको एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रतियोगिताका विजेताहरूलाई छात्रवृत्ति दिइएको हो । सिङ्गिङतर्फका विजेता छिरिङ तामाङ, फस्ट रनर अप रिजन लोहनी र सेकेन्ड रनर अप गनु राईलाई छात्रवृत्ति दिइएको छ ।

त्यस्तै डान्सिङतर्फका विजेता नुमा लिम्बू, फस्ट रनरअप नियती रानामगर र सेकेन्ड रनरअप प्रकृति खापुङलाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्राध्यापक बिनुमान मोतेलगयतले विजेताहरूलाई प्लस टुतर्फ छात्रवृत्ति दिएको हो ।

विजेताहरूलाई क्रमशः शतप्रतिशत, ८० प्रतिशत, ७० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । कार्यक्रम गत असार १८ गते सम्पन्न भएको थियो ।

IMG_3295