विराटनगर । मिस एण्ड मिस्टर एसईईका प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् ।

असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगीहरूले ट्यालेन्ट राउण्डमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगिताको फाइनलमा दृष्टी भण्डारी, एलिजा खत्री, पविना गुरुङ, प्रतिष्ठा रिजाल, प्रियङ्काकुमारी साह, रियाकुमारी राजवंशी, सबिना विष्ट, सचिताकुमारी महतो पुगेका छन् । यस्तै स्मारिका सुवेदी, सृजना चौधरी, सुप्रिया चौधरी, अरुणकुमार साह, हृदयेश राई र रोहन रसाइली पुगेका छन् ।

ट्यालेन्ट राउण्डको निर्णायकहरूमा जय मिडिया मेनेजमेन्टका चियरमेन जयराज राय, मिस कोसी २०२१ को विजेता प्रशिका श्रेष्ठ, मिस कोसीमा मिस ट्यालेन्ट भएकी आयुशा आचार्य र नृत्य निर्देशक राज साह रहेका थिए । प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रवृत्ति प्राप्त गर्नेछन् ।

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । विजेता हुने मिस र मिस्टर दुवैले विराटनगरस्थित कान्तिपुर कलेजमा पूर्ण छात्रवृत्ति पाउनेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगीले विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमध्ये कुनै पनि विषय रोजेर पढन पाउनेछन् ।