एसईई स्टेट -१ सिङ्गिङ आईडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ का उत्कृष्ट २० जना सहभागिहरुलाई शुक्रबार ट्राफिक जनचेतना सम्बन्धि अभिमुखिकरण कक्षा सम्पन्न भएको छ।

 शुकबार फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सन्चालित एफटिएल अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले  युएन कलेजका सेमिनार हलमा  जनचेतना सम्बन्धि अभिमुखिकरण कक्षा प्रदान गरेकाे हाे । 

कार्यालयका  प्रमुख इन्सपेक्टर श्याम कुमार बस्नेतले सवारी साधन चलाउदा अपनाउनु पर्ने साबधानि,ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजाय,सडक पार गर्दा ध्यान दिनुपर्ने कुराहरु आदिको बारेमा जानकारी गराए।

एसईई दिएका किशोर–किशोरी  उमेरका बिद्यार्थीहरुले ट्राफिक नियमबारे जानकारी लिनु धेरै सर्हानिय कार्य भएको इन्स्पेक्टर बस्नेत भन्दै  इन्स्पेक्टर बस्नेतले  सानो असाबधानिले अकालमै ज्यान जान सक्ने बताए ।

उनले सावधानीका साथ सवारी चलाएर अकालमै ज्यान नगुमाउन तथा आफुले सिकेको कुरा घर–परिवार छर–छिमेकमा समेत सचेत गराउन बस्नेतले बिद्यार्थीहरुलाई आग्रह गरे।

त्यस्तै कार्यालयका सई अमृत बहादुर कार्कीले बिद्यार्थीहरुलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, तिब्र गतिमा सवारी नचलाउने, बस पुरा रोकिए पछि मात्रै चढ्ने र ओर्लीने, हेलमेट र हेलमेटको फित्ता अनिवार्य रुपमा लगाएर मात्र मोटरसाईकलरस्कुटि चलाउने लगायतका महत्वपुर्ण कुराहरुको जानकारी गराएका थिए।

सहभागि माहिम राईले ट्राफिक प्रहरीले रसिद मात्रै काट्छ, अनावस्यक चेकजाच गर्छ भन्ने कुरा आफुलाई लागेको भए पनि  ट्राफिक सचेतना अभिमुखिकरण कक्षा लिएपछि  त्यस्तो भ्रम हटेर  आफ्नो आखा खुलेको अनुभव सुनाइन्।

त्यस्तै, अर्का सहभागि निरुता श्रेष्ठले ट्राफिक सचेतना कक्षा लिए पछि ट्राफिक नियम सम्बन्धि धेरै कुरा सिकेको बताइन्। नृत्य तर्फकी उतकृष्ठ १० प्रतिष्पर्धी नुमा लिम्बुले सडक नियम, ट्राफिक लाईट लगायत धेरै कुराको जानकारी पाएको अनुभव सुनाइन।

त्यस्तै नृत्य तर्फकि अर्की सहभागी नियति रानामगरले ट्राफिक नियम सम्बन्धि यति धेरै राम्रा कुराहरु सिकाएकोमा जिला ट्राफिक प्रहरी कार्यालयको टोलीलाई धन्यवाद ब्यक्त गरिन।

एसईई आइडलका सहभागिहरुलाई ब्यक्तित्व, नेतृत्व क्षमताको बिकासका साथै अन्य सामाजिक र सचेतनामुलक कुराहरुको जानकारी दिने उद्येस्यले बिभिन्न अतिरिक्त बिषयको तालिम प्रदान गरिएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

एसईई आईडलको फाईनल आगामि असार–१७ गते धरान १५ स्थित याक्थुङ चुम्लुङ हिममा हुने आयोजकले जनाएको छ।