धरान । हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ को निर्देशनमा कमेडी हब बुधबारदेखि प्रदर्शन हुने भएको छ ।

कलाकार माग्ने बूढाको यो टेलिभिजन कार्यक्रम हो । आज (बुधबार)बाट प्रदर्शनमा आउन लागेको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै हास्यकलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पनामा तयार भएको जनाइयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कमेडी हबको शुभारम्भ गरे । कमेडीको मुख्य सन्देश भनेको हँसाउनुसँगै सामाजिक सन्देश र एकताको सन्देश दिनु रहेको छ ।

कमेडी हबमा माग्ने बूढासँगै राजाराजेन्द्र पोरखेल, हिमेश पन्त, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलिप तामाङ हुर्हुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, सङ्गम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नाटक, प्रहसन, स्ट्यान्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिनेछन् ।