धरान । धरान–२० को मतगणना जारी रहँदा विष्णुपादुका मतदान स्थलको मतपत्रमा त्यहाँका अधिकृतको हस्ताक्षरविनाको मतपत्र फेला परेको विषयमा माओवादी कार्यकर्ताहरूले धरानस्थित निर्वाचन अधिकृतको कार्यालय तोडफोड गरेका छन् । 

*१८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि आन्दोलन भएको थियो । त्यस विषयमा मतगणना स्थलमा रहेका माओवादी प्रतिनिधिहरूले उक्त मतपत्र बदर गर्ने निर्णयमा हस्ताक्षर गरे पनि कार्यकर्ताहरूले भने सुरक्षाका लागि राखिएको तारजाली तोडफोड गर्दै आन्दोलन गरेका हुन् । 

धरानस्थित निर्वाचन कार्यालयका प्रमुख पुष्करराज नेपालको राजीनामा माग्दै आन्दोलित बनेका हुन् । मतगणना स्थलमा तोडफोड गरेपछि चार सयभन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ गरिएका छन् । निर्वाचन अधिकृत चाहिँदैन चाहिँदैन भन्दै राजीनामा माग गरिरहेका छन् । 

हाल मतगणना स्थगित गरिएको छ । हाल धरान २०, ८ र १२ नम्बर वडाको मतगणना जारी रहेको थियो । 

*यसअघि हस्ताक्षरविनाको मतपत्र १३ मात्रै परेकाले हाल उक्त कुरालाई सच्याइएको जानकारी गराउँदछौं ।