धरान । लोकशैलीको गीत ‘टोड्के कुसुन्डे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेशपायल राईको स्वर तथा अशोक चेम्जोङको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा भने भूपेन्द्र तुम्बाहाङ्फेले अभिनय गरेका छन् ।

भिडियोमा छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रूपमा पहिचान बनाएका  भूपेन्द्रसँगै पुष्पा लिम्बू, विष्णु मोक्तान, शर्मिला यक्सो, सूर्य तुम्सा, सुमन आङ्देम्बे, पञ्च लावती, चुजन आङ्देम्बे, सन्ध्या लिम्बू, शेरबहादुर तुम्सा र नगेन्द्र आङ्देम्बेलगायतले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् भने सुमन तामाङ र बोगेन्द्र याम्फूले छायाङ्कन गरेका छन् ।

थैली इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो  मिक्लाजुङका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ । भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।