धरान । बलिउड गायिका आस्था गिलले काठमाडौंमा प्रस्तुति दिने भएकी छन् ।

वैशाख २४ गते दरबारमार्गस्थित प्लाटिनममा ‘आस्था गिल लाइभ’ हुने भएको हो । उनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने भएकी छन् ।

उनको ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु,  अभी तो पार्टी सुरु हुइ है, नागिन दिन गिन गिन, कमरिया लगायत दर्जन गीत प्रस्तुत गर्ने कार्यक्रम छ ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमको संयुक्त आयोजनामा कार्यक्रम गरिन लागिएको हो । उनी गायिकासहित स्टन्टमा आधारित रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ की प्रतिस्पर्धी पनि हुन् ।