धरान । पूर्वेली भाकाको लोकगीत ‘भेट्नलाई आएँ’ को छायाङ्कन सुरु भएको छ ।

मेलिना राई र भीषण राईको स्वर रहेको गीतमा शब्द र सङ्गीत गायक भीषणकै रहेको छ । गीतको भिडियोमा कलाकार तथा चलचित्र निर्मातासमेत रहेका किशोर सम्बाहाङ्फेसँगै मोडलहरू निरञ्जली लामा र सोनु लिम्बू तथा नवकलाकार आरबी थाङ्देनले अभिनय गरिरहेका छन् ।

चन्द्र माङ्मुको निर्देशन रहेको भिडियोको छायाङ्कन युवाराज राईले गरिरहेका छन् भने सम्पादन राजेन्द्र मोक्तानले गर्नेछन् । रोश्नी चलचित्र प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भइरहेको भिडियोको निर्मात्रीहरू रोश्नी प्रधान र इन्द्रमाया थाङ्देन हुन् ।

भिडियो तेह्रथुमको तीनजुरे, चोत्लुङपार्कलगायतका पर्यटकीयस्थलमा छायाङ्कन भइरहेको कलाकार किशोर सम्बाहाङ्फेले जानकारी दिए ।

उनले पूर्वको पर्यटन प्रवद्र्धनका लागि पनि पर्यटकीयस्थलमा पूर्वेली लोकगीतको छायाङ्कन गरिएको बताए । उनले भिडियोमा पूर्वमै पहिलोपटक अत्याधुनिक प्रविधिको ड्रागन क्यामरा प्रयोग गरिएको बताएका छन् ।