धरान । अभिनेतृ सृजना निङ्लेकुको नयाँ भिडियो ‘फुलहरु मगमग’ सार्वजनिक हुने तयारीमा छ । 

गीतको लिरिकल भर्सन भने युट्युबमा सार्वजनिक भईसकेको छ । कञ्चन थलङ लिम्बुको शब्द र संगीतमा मेलिना राईको स्वर रहेको ‘फुलहरु मगमग’मा सृजनाले मुख्य भूमिकामा अभिनय गरेकी छन् । हाल बेलायतमा बस्दै आएकी सृजना मोडलिङ, अभिनयसँगै भ्लगमा सक्रिय छिन् । 

उनले नेपालमा रहँदा विभिन्न भिडियोसँगै फिल्महरुमा समेत अभिनय गरेकी थिईन् । कुसल श्रेष्ठले निर्देशन गरेको ‘फुलहरु मगमग’ गीतको लिरिकल भिडियो सार्वजनिक भईसकेको छ भने म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुने अभिनेतृ सृजनाले बताएकी छन् । 

271667006_501559624660762_3303033888663671934_n

लिरिकल भिडिओ