धरान-मोरङको विराटनगरमा ख्रिष्टमस इभको अवसर पारेर च्यारिटी ‘फेसन फेस्ट तथा म्यूजिक फर च्यारिटी’ गरिएको छ । जहाँ पूर्वका मोडलसहित चर्चित मोडलहरू ¥याममा उत्रिए । 

विरानगरको कन्चजङ्घा ब्यान्केटमा सम्पन्न फेसन फेस्ट थालासेमिया पीडितको उपचारका लागि च्यारिटी शो गरिएको हो । आयोजक संस्था आवर प्रोडक्सन कम्पनीले सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गरिदिने प्रतिवद्धता गरिएको अध्यक्ष भूवन दाहालले बताए । संस्थाले हालसम्म प्रदेश १ र २ गरी १ सय ५ जना थालासेमियाका पीडित फेला पारेको छ । 

फेसन शोमा ढाकाबाट निर्मित तयारी पोसाकको प्रवद्र्धन गरिएको छ । ¥याम्पमा मिस युनिभर्स २०१९ की रनरअप रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम, मोठल प्रमिता राना, विनोद खड्कालगायत उत्रिए । विराटनगरको तनस्का बुटिक र इटहरीको ह्वाइट फिदर र ओएसटी डेनिमले तयार पारेका पोसाकलाई प्रवद्र्धन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । उनले थालासेमिया पीडितको उपचारमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा लोकप्रिय गायिका तृष्णा गुरुङले साङ्गीतिक प्रस्तुति दिइन् ।