राप्रपाका नवनिर्वाचित अध्यक्ष  राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण गरेका छन् । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापाले भने उपस्थित भएनन् । 

अध्यक्षकाे उमेदवार रहेका थापा पराजय भएपछि लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

कार्यक्रमकाे बारेमा जानकारी गराइएकाे भएपनि उपस्थित नभएकाे राप्रपाका एक नेताले बताएका छन् । शपथ ग्रहणमा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् । प्रज्ञा प्रतिष्ठानमा शपथ ग्रहण कार्यक्रम अझै जारी रहेकाे छ ।