राप्रपाको अध्यक्षमा काकाले पराजय बेहोरे पछि कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् ।

उनले परिवारले पार्टी र राजतन्त्रका लागि धेरै योगदान गरेको भएपनि  पराजय गराउन षडयन्त्रपूर्वक  भूमिका खेलेको भन्दै नैतिकताका आधारमा पनि पार्टीको केन्द्रिय सदस्यमा बस्न नमिल्ने भएकाले राजिनामा दिने तयारी गरेको बताएका छन् । उनि हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।