रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । 

आफ्नो दीर्घकालीन परियोजना "पुनर्जीवन-जीवनको आशा" अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको हाे । 

सचेतनामा  विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस "नाकबाट रगत बग्ने", फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे  सचेतना दिएकाे रोट्रयाक्ट क्लब अफ धरान घोपाले जनाएकाे छ । 

 कार्यक्रम विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरूसहित १५० सहभागीहरूको उपस्थिति रहेकाे क्लबले जनाएकाे छ ।