पाचँथरमा भालुको आक्रमणबाट एक बृद्धा महिला घाइते भएकी छिन् । 

घाइते हुनेमा फालेलुङ गाउँपालिका ३ मेमेङका ७० वर्षीय रामकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।

थापाका अनुसार गाईवस्तु चराउन भ्याक्टे जङ्गल पुगेकी उनिमाथि शुक्रबार बिहान अन्दाजी ७ बजे भालुले आक्रमण गरेको थियो । आक्रमणमा परि गम्भिर घाइते भएकी बृद्धको उपचारका लागी जिल्ला अस्पताल फिदिम लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए  ।