विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिताको पहिलो अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला गरिएको छ । अनलाइनको माध्यमबाट पनि फारर्म भर्न सकिने व्यवस्था हामीले मिलाका छौं,’ उनले भनिन् ।

प्रतियोगितामा कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । प्रतियोगिाको फाइनल आगमी पुस १५ गते गर्ने आयोजकले तयारी गरेको छ ।

विभिन्न चरणको अडिसनदेखि प्रतियोगिताको फाइनलमा न्युनतम मिस्टर लिटलमा २५ र मिस लिटलमा २५ जना गरि ५० जना फाइनलमा सहभागि गराउने जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेता हुने मिस्टर र मिस लिटले जनही २५–२५ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

जय मिडिया म्यानिजमेन्टले यस्ता प्रतियोगिता गर्दै आएको छ । यसअघि मिस कोशी प्रतियोगिता भव्य कार्यक्रम आयोजना गरि सम्पन्न गरिसकेको छ । चाँडै चौथो संस्करणको मिसेस कोशी प्रतियोगिता गर्ने तयारी गरेको छ । यस प्रतियोगिताको तयारी पनि भइरहेको निर्देशक रायले जानकारी दिए ।