धरान । गायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत ‘ए सिम्मा’को भिडियो सार्वजनिक भएको छ ।

दुर्लभ जन्तरेको शब्द र विशेष खालिङकाे सङ्गीत रहेको गीतको भिडियोमा गायक भीषणसँगै विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ, विशाल लिम्बु र श्याम राईले अभिनय गरेका छन् ।

भीषणको यसअघि सार्वजनिक गीत ‘खोर्सानी डल्ले’ बहुचर्चित बनेको थियो । लामो समयदेखि सङ्गीत क्षेत्रमा रहेका भीषणका ‘चन्द्रमुखी’, ‘अँधेरीमा जुन फुल्दा’ लगायतका गीतहरु चर्चित छन् ।

भिडियो