धरान । गायक कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको नयाँ गीत ‘देउमाई तरौंला...’ सार्वजनिक भएको छ ।

बसन्त लिम्बुको शब्द तथा कृष्णकुमार राईको सङ्गीत र कृष्णभक्त राईको संगीत संयोजन रहेको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको छायाँकन  मुकारुङले गरेका हुन् । गीतको भिडियो गायिका जुनी खालिङकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । जुनीले यसअघि पनि लगातार पूर्वेली लोकभाका गीतहरु सार्वजनिक गरिरहेकी छन् ।