धरान । गायक राजेशपायल राईको स्वर रहेको नयाँ गीत ‘पलपल तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सोभित घिमिरे र लजिना सुवेदीले अभिनय गरेका छन् । मोडल सोभितकै शब्द र अमर राईको सङ्गीत रहेको ‘पलपल तिम्रो याद’को भिडियो तुलसी घिमिरे ‘समर्पण’ले निर्देशन गरेका हुन् । भिडियोमा सोभित र लजिनासँगै अमृत बुढाथोकीको पनि अभिनय रहेको छ । भिडियोलाई भोगेन्द्र याम्फु र प्रसन घिमिरेले खिचेका हुन् भने सम्पादन निर्देशक समर्पणले नै गरेका हुन् । 

मोडल सोभितकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो । राजस्व कार्यालय इटहरीका कर्मचारी समेत रहेका सोभितले यसअघि पनि भिडियो निर्माण तथा अभिनय गर्दै आएका थिए ।