भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन् ।  

रुपाणीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका हुन्।  

रुपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।”

उनले भने, “म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु ।”

गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो ।   रुपानीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ ।