धरान । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा सम्पन्न युगल पोट्रेट फोटोग्राफी प्रतियोगिताको उपाधि विवेक श्रेष्ठले जितेका छन् । 

ललितपुर निवासी श्रेष्ठले ३८ जिल्लाका ३६६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । ३६६ प्रतिस्पर्धीको ५१३ वटा फोटो सहभागी गराइएको आयोजक फोटो पसलका प्रबन्ध निर्देशक वीक्रम न्यौपानेले बताए ।

प्रतियोगितामा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्सबि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस निर्णायक मण्डलमा रहेका थिए । यस्ता खाल्का प्रतियोगिताले फोटाग्राफरको व्यवसायिकतातर्फ ध्यान दिने फोटोग्राफीमा नाम कमाएका जगदीश तिवारीले जानकारी दिए ।