धनकुटा / तामाङ पत्रकार संघ, १ नम्बर प्रदेश समितिले २७ औं तामाङ प्रसारण दिवशको अवसरमा विविध कार्यक्रमको आयोजना गरेर सोमबार धनकुटाको हिलेमा मनाएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न “शुभकामना आदन प्रदान तथा पत्रकारिताको महत्व विषयक” अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको महत्व दर्शाउँदै तामाङका छोराछारीलाई बढी भन्दा बढी पत्रकारिता क्षेत्रमा ल्याउनु पर्नेमा जोड दिए ।
सो अवसरमा उनीहरुले पत्रकारिता पेशा सूचनाको क्षेत्रमा सबै भन्दा मर्यादित, जिम्मेवारी पुर्वक भूमिका निर्वाह गरेर अघि वढ्ने पेशा भएकाले तामाङ जातिका यूवा पुस्तालाई उत्प्रेरणा जगाउनु पर्नेमा जोड दिए ।
सो अवसरमा वोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि तामाङले तामाङ नेतालाई अघि बढाउन तामाङ पत्रकारहरुको महत्वपुर्ण भुमिका हुन सक्ने बताए । उनले आफ्नो जातिको भाषा, लिपि, संस्कार, संस्कृतिको जगेर्ना र प्रचार प्रसार गर्न पत्रकारहरुको महत्वपुर्ण भुमिका हुने पनि दावी गरे ।
पत्रकारिता पेशामा सवै जातिका युवा पुस्ताहरुलाई बढी भन्दा बढी ल्याउनको लागी तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिलाई आग्रह सेमत गरे । उनले धनकुटा नगरपालिकाको तर्फबाट के सहयोग गर्नु पर्ने हो ? आफूहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जनाए ।
सो अवसरमा कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका संघिय सदस्य लालचन्द्र गोङबा तामाङले २७ औं तामाङ प्रसारण दिवशले सम्पुर्ण पत्रकारहरु एक भएर अघि बढ्नको लागी प्रेरणा मिलोस भन्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
त्यसैगरी अर्का विशेष अतिथि धनपा वडा नं.१ का वडाध्यक्ष निरेन तामाङले युवा पुस्ताबाट हराउँदै गएको तामाङ भाषा, लिपिको संरक्षण र प्रवद्र्धन गर्न सके तामाङ जातिको पहिचान स्थापित हुँदै जाने आशा व्यक्त गरे ।
त्यसैगरी अर्का अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पनि हरेक जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न सके मात्र त्यो जाति र समुदायको पहिचान रहने बताए ।
“ह्याङ्गला लेङ्गमो, ह्याङ्गला ग्योअी, मक्कोन डिक्सी छार्नालाअी” भन्ने मूल नाराको साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, फोनिजका प्रदेश समितिका महासचिव विदुर खवास, नेपाल तामाङ घेदुङ प्रदेश नं.१ का सदस्य गंगारम गोम्देन तामाङ, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान, सचिव फूर्वा घिसिङ, सह–सचिव धनवहादुर मोक्तान, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मानवी मोक्तान, महिला घेदुङका अध्यक्ष पेमा लामा, सचिव सूनिता लावती, धनकुटा नगर घेदुङका अध्यक्ष कुल वहादुर तितुङ, पाख्रीवास घेदुङका सदस्य गजम घिसिङ, म्हानिपा घेदुङका जिल्ला अध्यक्ष हरिलाल मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तामाङ पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न भएको थियो ।