पाँचथर। जिल्लाको फिदिम नगरपालिका–११, नांगिनस्थित तृतियामा बुधबार एक पूरुष मृत फेला परेका छन् ।

स्थानीय ४४ बर्षीय भीम कुमार लिम्बू सुतिरहेको अवस्थामा मृत फेला परेको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए । स्थानीय कुलोमा काम गर्ने उनी कामबाट मंगलबार साँझ कामबाट फर्केपछि घरमा सुतेका थिए ।

उनलाई बिहान मृत भेटिएको हो । नीजको बुधबारै जिल्ला अस्पतालमा पोष्टमार्डम गरेर आफन्तलाई शव जिम्मा दिइएको प्रहरी निरिक्षक विश्वकर्माले बताए ।