धरान । युवापुस्ता बिच बढि चर्चित सामाजिक सञ्जाल टिकटक धेरैका लागि टाइमपासको माध्यम बनेको छ । धेरैले मनोरञ्जनका लागि प्रयोग गर्दै आएको टिकटक कतिपयका लागि भने सामाजिक काम गर्ने माध्यम पनि बनेको छ ।

टिकटकमा परिचितहरुको एउटा समूहले धरानमा बालबालिकाका लागि खाद्यान्न तथा लुगाकपडा सहयोग गरेको छ । गणेशमान–कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारको संयुक्त प्रयासमा धरान १३, शिवधारा स्थित इमानुएल चिल्डे«न होमका लागि खाद्यान्न तथा लुगाकपडा सहयोग गरिएको हो ।

शिवधारामा जीवन सुब्बाले सञ्चालन गरेको चिल्ड्रेन होममा संरक्षित २० बालबालिकाका लागि ७५ किलोग्राम चामल, २० किलोग्राम दाल, १० लिटर तेल लगायत १० हजार ७ सय ६० रुपैयाँ बराबरको खाद्यान्न तथा ३३ हजार रुपैयाँ बराबरको २० सेट तन्ना र सिरानी एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । 

चिल्ड्रेन होमका सञ्चालक सुब्बालाई शुक्रबार आयोजीत कार्यक्रममा मिलिजुली टिकटक परिवारका प्रदेश १ संयोजक मदन ब्रदर, अभिनेत्री रेखा लिम्बु, गायक कञ्चन थलङ लगायतले खाद्यान्न तथा कपडा हस्तान्तरण गरे । खाद्यान्न तथा लुगाकपडा खरिदका लागि प्रतिष्ठानबाट २१ हजार, मिलिजुलीबाट १० हजार तथा सहयोगी अमृता भट्टराई र ज्ञानबहादुर लामाले ५÷५हजार प्रदान गरेका थिए भने राज लिम्बु, कञ्चन थलङ, मदन ब्रदर र भुपाल चाम्लिङले ३ हजार प्रदान गरेका थिए । कार्यक्रमका लागि प्रतिष्ठानका संरक्षक रारा बैंजु, अध्यक्ष राजन कँडेल तथा सल्लाहकारहरु माधव भट्टराई र अम्बिका भट्टराईले पनि सहयोग गरेका थिए ।

आयोजकका अनुसार चिल्ड्रेन होमका बालबालिकाका लागि कोसेली छालाजुत्ता, काठमाडौंका सञ्चालक रविनकुमार श्रेष्ठले १२ हजार रुपैयाँ बराबरका २० जोर जुत्ता र मिलिजुली टिकटक परिवारले १० हजार ४ सय बराबरको स्कुल ब्याग समेत वितरण गरेका छन् । 

चिल्डे«न होम इमानुएल चर्चसँगै सञ्चालित छ । इमानुएल बोर्डिङ स्कुलपनि त्यहिं सञ्चालन भईरहेको छ । सो स्कुलमा चिल्ड्रेन होममा संरक्षित बालबालिका मात्र अध्ययनरत छन् ।