यसोक । पाँचथरको कुम्मायक गाउँपालिकामा संक्रमित महिलाको उपचारमा ५ लाख बढिको सहयोग जुटेको छ । कुम्मायक—५ की सुमी चेम्जोङ बचाउ अभियानमा दाताहरुले ५ लाख बढि सहयोग गरेका हुन ।

कोरोना संक्रमित चेम्जोङको एक महिना अघि उपचारको क्रममा मृत्यु भएको थियो । सुत्केरी भएको तीन दिनपछी कोरोना संक्रमित भएपछि चेम्जोङको जीवन रक्षा गर्न सहयोग रकम संकलन गरिएको थियो । 

चेम्जोङको उपचार र उनको तीन दिनको शिशुको जीवन रक्षाको लागि देश तथा बिदेशबाट दाताहरुले ५ लाख २१ हजार ७ सय ४१  संकलन गरी पीडितलाई सहयोग गरेको अभियान्ता खगेन्द्र घिमिरेले बताए ।

“उपचारको लागि सबैले ठुलो सहयोग गर्नुभएको थियो । तर उहाँलाई बचाउँन सकेनौं । घिमिरेले भने। अहिले बच्चाको अवस्था ठीक छ । चेम्जोङको उपचारमा संकलित रकम श्रीमान, सविन चेम्जोङलाई हस्तान्त्रण गरिएको छ । चेम्जोङका १० वर्षमुनीका ३ छोरी र दुई महिने छोरा छन् । 

सुमीलाइ चेम्जोङ वंश उत्थान संघ मार्फत ८१ हजार ९ सय ९५ , सम्बाहाम्फे उत्थान संघ र साइप्रसबाट १ लाख १८ हजार ५ सय ५५ , यासोक देउराली सेवा क्षेत्र समाज काठमाण्डौंले १० हजार,  कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाले ५० हजार, डियर गेमिङ पब्जी दक्षिण कोरियाले ८१ हजार ६ सय ५६ र  गुरुङ अनलाईन रिचाज कार्ड बाजी ग्रुपले ३२ हजार लगायत व्यत्तिगत रुपमा पनि सहयोग गरेको अभियान्ता घिमिरेले बताए ।