अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १२७ जना नेपाली काठमाडाैं आइपुगेका छन् । साेमबार अमेरिकी  दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई  उद्धार गरी कतार पुर्याएकाे थियाे ।

जस मध्ये  १२७  मंगलबार बिहान अमेरिकी चार्टर विमानबाट त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

अफगानिस्तानमा २ हजारकाे हाराखारीमा नेपालीहरू उद्धारकाे पर्खाइमा रहेकाे बताइएकाे छ । तर   सरकारीस्तरबाट उद्धारका लागि  आइतबार बेलुकासम्म १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।