धरान । मारवाड़ी महिला मञ्च धरानले यसपटकको तीज कार्यक्रम फरक तरिकाले मनाएको छ ।

कोरोना महामारीका समयमा सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भएपछि जुम र ह्वाट्सएप मार्फत भर्चुअल हरियाली तीज कार्यक्रम मनाइएको हो । दुई दिनसम्म भएको हरियाली तीज कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले अनलाईनबाट मेहन्दी प्रतियोगीता, नृत्य, गायन प्रदर्शन गरे । 

 मञ्चकी अध्यक्ष गीता अग्रवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाड़ी महिला संगठनकी अध्यक्ष निर्मला जोशीको प्रमुख आतिथ्यमा भएको दुई दिने तीज कार्यक्रम अन्तर्गत पहिलो दिन साउन २७ गते मेहन्दी प्रतियोगीता, मारवाड़ी परिधानमा मारवाड़ी गीत प्रतियोगिता सम्पन्न भयो । आरती अग्रवालको संयोजकत्वमा भएको मेहन्दी प्रतियोगीतामा १२ जना सहभागी भएकोमा प्रथम निष्ठा दुगड, द्वितीय रसिका अग्रवाल र तृतीय सुधा जालान घोषणा भए । अन्य सहभागी ९ जनालाई पनि प्रमाणपत्र बितरण गरीयो ।

प्रतियोगिताका निर्णायकमा नेपाल राष्ट्रीय मारवाड़ी महिला संगठनकी संयोजक नीतु सोमानी र धरानकी हर्षिका जैन रहेका थिए ।

त्यस्तै अनुराधा अग्रवालको संयोजकत्वमा भएको मारवाड़ी गीत प्रतियोगीतामा दश जना सहभागी मध्ये प्रथम नीति अत्री, द्वितीय प्रेम जैन, तृतीय कमलेश सांगवानलाई पुरस्कार तथा अन्य सात जना लाइ प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा लावण्या अग्रवाल,अनुराधा अग्रवाल र पूजा अग्रवालले नृत्य प्रस्तुत गरेका थिए ।

मारवाडी गीत प्रतियोगिताको निर्णायकमा नेपाल राष्ट्रिय मारवाडी संगठनकी सचिव रेणु तोदि तथा काठमाडौँ निवासी रेनु अग्रवाल रहेका थिए । कार्यक्रम जुम एप मार्फत गरिएको थियो । जुम एप मार्फत पुजा अग्रवालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन व्हाट्सएपमा हाऊजी तम्बोलाको कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम कविता अग्रवालले संचालन गरेकी थिईन् । 

कार्यक्रममा धरान महिला मन्चकी निवर्तमान अध्यक्ष अनीता अटल लगायत मञ्चका सदस्यहरुको सहभागीता रहेको थियो । मञ्चले विभिन्न अवसरमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र हालको कोरोना महामारीका कारण वैकल्पिक रुपमा भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको वर्तमान अध्यक्ष गीता अग्रवालले जानकारी दिईन् ।