बेलबारी । अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै लायन्स क्लव अफ इटहरी कृएटिभ लेडीको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सुन्दरहैचाको चाँदनी पेट्रोल पम्पको प्राङ्गणमा शनिवार भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिराटनगरले प्रविधीक सहयोग गरेको थियो । उक्त कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको लायन्स क्लव अफ इटहरी कृएटिभ लेडीकी अध्यक्ष निता शर्माले बताईन् । शर्माको अनुसार यस संस्थाले यस प्रकारका अन्य थुप्रै सामाजीक कार्य गर्दै आएको बताईन् ।