यासोक / पाँचथरको मिक्लाजुङ गाउँपालिकाका—१ र २ नम्बर वडावासीलाई प्रवासी युवाहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन । मिक्लाजुङ सरोकार समाज दक्षिण कोरियाका युवाहरुले रकम संकलन गरी दुबै वडालाई ३ लाख २० हजारको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै समाजले वडा नम्बर १ सराङडाँडालाई  १ लाख ५० हजारको स्वास्थ्य सामाग्री र २ नम्बर वडालाई १ लाख ७० हजार रकम हस्तान्त्रण गरेको समाजका सम्योजक युगल किशोर लिम्बूले बताए । 

गाउँ—घरमा संक्रमण बढ्न थालेको खबर पाएपछि कोरिया लगायत बिभिन्न देशमा रहेका वडावासी युवाहरुले आफ्नो वडावासी नागरिकलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको शेर्माको भनाइ छ ।

समाज उपलब्ध गराएको ४ थान अक्सिजन, ५ सय ५० थान माक्स, ५ सय ५० थान सेनिटाइजर, १० थान पि.पि.ई सेट वडावासीलाई बितरण गरिएको मिक्लाजङ—१ का वडा अध्यक्ष बिष्णुकुमार राइले बताए । 

यसै गरी वडा नम्बर २ मा समाजले पठाएको रकम र अन्य देशमा बैदेशिक रोजगारीको शिलशिलामा गएका युवाहरुले संकलन गरी पठाएको २ लाख ८३ हजार ६ सय रुपैयाँबाट स्वास्थ्य सामाग्री खरिद गरिएको वडा अध्यक्ष सन्तकुमार शेर्माले बताए । उक्त रकमबाट ८ थान अक्सिजन सिलिन्डर, २ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिजन थ्रो मिटर, ८ थान डिजिटल, प्रेसर मिटर र १५ थान पिपिइ खरिद गरिएको शेर्माको भनाइ छ । 

miklajung-photo-1