पाँचथर। पाँचथर हिलिहाङ गाउँपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । बिहिबार दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो ।
घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।