उदयपुर। उदयपुर त्रियुगा नगरपालिका १३  पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने  किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल  का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् ।

बिहीबार बिहान सवा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई खुकुरीसहित सदालाई नियन्त्रणमा लिईएको छ ।

सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य बिबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।