विराटनगर। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् ।

समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए ।

समितिको सह–संयोजकमा  राजेन्द्र खनाल, सचिब सन्तोष कुमार मण्डल, सह–सचिब बिमला विष्ट रहेका छन् । सदस्यहरुमा बासुदेव राय, मन्च लाल चौधरी, प्रमोद थापा, आशादेवी बहरदार रहेका छन् । समितिको सल्लाकारहरूमा योगेन्द्र मण्डल, गणेश उप्रेती सुशिल र दुर्गा कार्की रहेका छन् ।