सिरहा। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ४ जिरोमाईल बडियारपट्टी सहायक सडक अन्तर्गत सन्तनगरमा यात्रुवाहक बस दुघटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक दर्जन बढी यात्रु घाइते भएका छन् । जिरोमाईलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिदा वरियारपट्टि गाँउपालिका ३ का ३५ वर्षीय गणेश मुख्यिा मृत्यु भएको हो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

त्रिव्रगतिमा रहेका बस अनियन्त्रीत भई दुघटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष बुढाथोकीले जानकारी दिए । चालकभने फरार रहेको जनाएको छ ।

उनको खोजीकार्य भईरहेको बताइएको छ । शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।