बराहक्षेत्र /बराहक्षेत्र – ७ स्थित नेपाली कांग्रेस वडा कार्य समितिले जन – नायक वी.पी कोईरालाको ३९ औं स्मृति दिवसको अवसरमा मुख्य चोक तथा बजारमा बृहत रुपमा सरसफाइ गरेको छ ।
बाङ्गे बजारबाट सुरु भएको सरसफाइ कार्यक्रम बाङ्गे – चक्रघट्टि सडक खण्डहुदै चक्रघट्टि स्थित महेन्द्र गेट , शिवालय मन्दिर त्यस्तै शिवालयबाट ढिकझोडा र सोमवारे चौकसम्म सरसफाइ गरेको नेपाली कांग्रेस वडा नं ७ का सभापति केशब निरौलाले बताए ।
नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जन(निर्वाचित प्रधानमन्त्री समेत रहेका स्वर्गिय कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस बराहक्षेत्र ७ नम्बर वडा कार्य समितिले मङलवार बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली राजनीति र नेपाली समाजमा वी.पी. कोइरालाको योगदान चर्चा जिवन्त बनाउन स्मृति दिवशरमा सरसफाइ कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेस क्षेत्र नं ४ सचिव रमेश कार्कीले बताए ।
नेपालको इतिहासमा राणा शाशन अन्त्य गरेर सफा समाज बनाउने उदेश्यमा सफल भएका वी.पी.कोईरालाको स्मृतिमा सरसफाइ कार्यक्रम आयोजना गरिएको कार्कीले बताए ।
सरसफाइ कार्यक्रममा नेपाली कांग्रेस महा समिति सदस्य बाबुराम बिष्ट, अनु गुरुङ्ग , पुर्ब जिल्ला सचिब बुद्धिबहादुर कट्वाल , जिल्ला सदस्य राजदिप लामा, मुना अधिकारी , नेपाल राई संघ सुनसरी सभापति सन्त राई , नेपाली कांग्रेस नगर सचिव प्रेम प्रसाईं , नेपाल बिद्यार्थी संघ सुनसरी सह( सचिव तिर्थराज भट्टराई, नेपाल आदिवासि जनजाति संघ वराहक्षेत्र सभापति मधुकर तामाङ , नेपाल महिला संघ वराहक्षेत्र सभापति छबिना मगर , नेपाल शिक्षक संघ वराहक्षेत्र सभापति कृष्ण गुरागाई , नेपाल बिद्यार्थी संघ बराहक्षेत्र सभापति प्रतीक राई, नेपाली कांग्रेस वडा नं ३ सभापति नारायण निरौला, ६ नम्बर सह( संयोजक तुलसी श्रेष्ठ त्यस्तै नेपाली कांग्रेस वराहक्षेत्रका अगुवा नेताहरु कपिल आचार्य , तिलक कार्की, लक्ष्मण थापा , पुजा धामी , माधब सुवेदी , दिपक मगर , मञ्जु आचार्य , मिना रिजाल लगाएत नेता तथा कार्यर्ताको उपस्थिति रहेको थियो ।
मंगलबार सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरेर वी.पी. स्मृति दिवसलाई दुई दिवशिय रुपमा मनाउने कार्यक्रम अनुसार बुधबार सोमवारे चौकमा रक्तदान कार्यक्रम आयोजना गरिने वडा सभापति निरौलाले बताए ।
साहित्यमा विश्वेश्वर प्रसाद कोइराला र राजनीतिमा वी.पी. कोइरालाको रुपमा परिचित कोइरालाको मृत्य ६८ बर्षको उमेरमा २०३९ साउन ६ गते भएको थियो ।