विराटनगर । विराटनगर – ११ महेन्द्रचौक देखि करिब ५० मिटर दक्षिण एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । स्वस्तिक होटल अगाडीको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको मंगलबार विहान ८ बजे मृत अवस्थामा शव फेला परेको हो ।
मृतक पुरूषको पहिचान अहिलेसम्म नखुलेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्कीले जानकारी दिए । मोरङ प्रहरीका मुद्दा फाटका प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर गएको छ ।
गहुगोरो वर्णका मृतक पुरूषको टाउँकोमा चोटपटक लागेको छ । उनी सोमबार राती लडेको र स्थानियले प्राथामिक उपचार गरिदिएको बताएका छन् ।
उनी विराटनगरमा सडक पेटिकामा सुत्ने गरेका थिए । मृतकको शव पोस्माटम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको जानकारी गराए । ‘घटना मुचुल्का उठाएर शवलाई पोस्माटम गरिन अस्पताल पठाएको छ,’ उनले भने, ‘अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन ।’