बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका ८ जितपुर स्थित एक विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । उनीहरुलाई १ बोरा चामल, ३ पोका तेल २ पोका मास्क, १ लिटरको सेनिटाइजर, २ ओटा झुल बालकका बुबालाई हस्तान्तरण गरेको छ ।
बराहक्षेत्र नगरपालिका वडा ८ जितपुर स्थित केही दिन अगाडि खोलामा डुबेर ज्यान गुमाएका १६ वर्षीय बालक मोहन खत्रीको परिवारलाई राहत स्वरुप खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाका संस्थापक अध्यक्ष शिशिर तामाङ र सदस्य रमेश पौडेल लगाएत उपस्थिति भएका थिए ।
जितपुरका केहि युवाहरुले सामाजिक संजाल फेसबुक पेज ‘नयाँ पिडी’ सुरु गरेका थिए । हाल आएर सामाजिक कार्य गर्ने उदेश्यले बराहक्षेत्रका १८ – ४० उमेर समुहका युवायुवतीलाई लक्षित गरेर संस्था गठन गरेका थिए ।
हाल संजालको समुहमा २१ जना युवा युवतिहरु रहेका छन् । बराहक्षेत्र नगरपालिकामा सामाजिक संञ्जालको माध्यमबाट स्थापित नयाँ पिडि समुहले बराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थित विपन्न परिवारलाई सहयोग स्वरुप खाद्यन उपलब्ध गराएको पिडि संयोजक शिशिर तामाङले बताए ।
युवाहरूको व्यक्तिगत क्षमताको विकाससाथै सामाजिक कार्यमा लागि पर्ने युवाहरुलाई उत्साहित गराउनु समुहको उदेश्य रहेको संयोजक तामाङले बताए ।
तामाङका अनुसार यो उनिहरुको पहिलो सामाजिक कार्य हो उनले भने आउने दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
उनीहरुको संस्थामा सबिना चौहान, सोभा सिवा, शिशिर तामाङ, रमेश पौडेल, दुर्गा थापा, मनिस अधिकारी, अनुराग भन्डारी, वर्षा चौलागाई, चन्द्रकला अधिकारी, चन्द्रकला खड्का, एन्जिला सुवेदी, सुस्मिता बिष्ट सम्झना खत्री, निरु सुवेदी, अन्जना बस्नेत, निशा लक्ष्मि, तिमसिना सिर्जना, थापा आदि सदस्यहरु रहेका छन् ।