उदयपुरमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । 

उदयपुर ताप्ली गाउँपालिका ५ डुढेस्थित सडकखण्डमा कटारीबाट रुपाटार तर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही गाडीमा सवार ताप्ली ५ डुढेका २५ वर्षीय रमेश नेपाली रहेका छन् ।

आज बिहानको राति २ बजे उकालो चढ्न नसकी गाडी चिप्लिएर ब्याक हुदाँ गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई गाडीले किचेर गम्भिर घाइँते बनाएको प्रहरीको भनाइ छ । घाइँते नेपालीलाई तत्काल उद्धार गरी कटारी अस्पताल पु¥याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० वर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भइरहेको प्रहरीको भनाइ छ ।