धनकुटा/ जिल्लाको धार्मिक पर्यटकिय स्थल पाख्रीवास नगरपालिका वडा नं.५ घोर्लिखर्कमा रहेको डिकुरे डाँडा वौद्धमाने स्तुपा संरक्षण, सम्वद्र्धन समितिको दोश्रो साधरणसभा मंगलवार सम्पन्न भएको छ ।
तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको विशेष आतित्थ्यमा सम्पन्न दोश्रो साधरणसभाले समितिको अध्यक्षमा स्थानिय समाजसेवी मानवहादुर तामाङलाई सर्वसम्वत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा फूलकुमारी तामाङ, सचिवमा पुनः सोमराज तामाङ, कोषाध्यक्षमा देवी थिङ तामाङलाई चयन गरिएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा भिम वहादुर तामाङ, मेखवहादुर तामाङ, मनसरी तामाङ, कुमार तामाङ,नरवहादुर तामाङ चयन भएका छन् । एघार सदस्यीय वौद्ध माने स्तुपा संरक्षण समितिमा अन्य दुई जना सदस्यलाई भने पछि मनोनयन गर्ने गरी समिति चयन गरिएको छ ।
साधरणसभामा समितिका कोषाध्यक्ष देवी तामाङले आ.व.०७३/०७४ देखी ०७७/०७८ सम्मको आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए भने सचिव सोमराज तामाङले संस्थाको सांगठानिक प्रगती प्रतिवेदन वाचन गरेर सुनाएका थिए ।
नवनिर्वाचित अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै दोश्रो साधरणसभाका विशेष अतिथि आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष समेत रहेका सन्तवीर लामाले घोर्लीखर्कको मात्र नभएर सिङ्गो धनकुटा जिल्लाको पहिचानको रुपमा रहेको वौद्धमाने स्तुपालाई विकास गर्न सवैखाले समुदाय एक भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
१ सय वर्ष भन्दा पनि पूरानो वौद्धमाने स्तुपाको अस्तित्व जोगाउन स्थानिय समुदाय सफल भएको भन्दै अध्यक्ष लामाले खुशि व्यक्त गरे । मेटाइ सकेको इतिहाँसलाई वचाएर वौद्धमानेबाट वौद्ध गुम्वा स्थापना गर्न सफल हुनु स्थानिय तामाङ समुदायको लागी गौरबको विषय भएको अध्यक्ष लामाको भनाई थियो ।
सो अवसरमा पाख्रीवास नगरपालिका वडा नं.५ का वडा सदस्य कमला थापा, नेकपा माओवादी ५ नम्वर वडाका पार्टी इन्चार्ज देवेन्द्र श्रेष्ठ, स्थानिय भिमवहादुर तामाङ, टेकवहादुर तामाङ लगायतले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा उनीहरुले डिकुरे डाँडाबाट मकालु हिमाल, अरुण उपत्याका लगायतको प्राकृतिक मनोरम छटाहरु देखिन भएकाले धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा वडा सदस्य कमला थापाले डिकुरे डाँडामा रहेको वौद्धमाने स्तुपा संरक्षण तथा सम्वद्र्धनको लागी आ.व.०७८/०७९ मा सरकारले ५० लाख रुपयाँ विनियोजन गरेको जानकारी दिएकी छन् । साधरणसभामा स्थानिय समुदायको उल्लेख्य सहभागीता रहेको थियो ।
वि.सं.१०९९ सालमा स्थानिय महाजन लाङ्गली माया तामाङले स्थापना गरेको वौद्धमाने स्तुपा माओवादी द्धान्द्धकालमा भत्काइएको थियो । सशस्त्र माओवादी द्धन्द्धकालमा वौद्धमाने स्तुपालाई छापामारहरुले सेल्टरको रुपमा प्रयोग गरेपछि मानेको अस्तित्व मेटिदै गएको थियो । स्थानिय समुदायले वि.सं.२०५९/०६० साल देखी संरक्षण गर्ने प्रयास गरेका थिए । वौद्धमाने संरक्षणको लागी स्थानिय तामाङ समुदायले अग्रसर भएर चासो देखाएका थिए ।
वौद्धमाने संरक्षण गर्नुको सट्टा भत्काइएको विषयमा स्थानिय तामाङ समुदायसंग माने भत्काउने पक्ष विच विवाद समेत भएको थियो । स्थानिय स्तरमा विवाद समाधान नभएपछि तत्कालिन समयमा पुनरावेदन अदालत धनकुटा हुँदै सर्वोच्च अदालतसम्म वौद्धमाने स्तुपा भत्काइएको विषयमा मुद्धा समेत चलेको थियो । सर्वोच्च अदालतले वौद्धमानेलाई पुनः स्थापित गरेर स्थानिय वौद्धमार्गी समुदायको भावानालाई सम्मान गर्नु भन्ने फैसला भएपछि माने संरक्षणको काम वैधानिक रुपमा स्थानिय तामाङ समुदायको अगुवा मान वहादुर तामाङले अघि वढाएका थिए ।