धनकुटा/ धनकुटा जिल्लामा मात्र बसोबास रहेको सिमान्तकृत अल्पसंख्यक किराँत आठपहरिया जातिको जिल्ला सदरमुकाम धनकुटा वजारमा संग्राहलय निर्माण हुने भएको छ ।
आठपहरिया जातिको भाषा, संस्कार, संस्कृति, भेषाभुषालाई पर्यटन प्रवद्धन गर्ने उदेश्यले ५० लाख रुपयाँको लगानीमा संग्राहालय भवन निमार्ण कार्य सुरु भएको छ । नेपकपा एमाले धनकुटाका अध्यक्ष तथा प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले आईतबार एक समारोहका बिच आठपहरिया जातिको संस्कृति पर्यटन प्रवद्धन संग्राहालय भवन शिलन्यास गरेका छन् ।
संग्राहालय भवनको शिलन्यास गर्दै पार्टी अध्यक्ष एवं प्रतिनिधि सभासदस्य राईले नेपालको अल्पसंख्यक सिमान्तकृत जातिको रुपमा रहेको आठपहरिया समुदायको उत्थान, विकास तथा समृद्धिको लागि संग्राहलय निर्माण कार्यको थालनी गरिएको वताए । आठपहरिया समुदायको संस्कार संस्कृतिलाई पर्यटकिय हिसावले विकास तथा प्रवद्धन गर्न आवश्यक रहेको भन्दै उनले संग्राहालय निमार्ण पछि आठपहरिया समुदायको थप विकास तथा प्रवद्धनमा सहयोग पुग्ने विस्वास व्यक्त गरे ।
नेपाल सरकारले अहिलेसम्म आठपहरिया समुदायलाई आदिवासी जनजातिको सूचिमा सुचिकृत नगरेको प्रति आफू गम्भिर भएको माननिय राइले बताए । अन्य जाति समुदायलाई जस्तै सूचिकृत गरेर गरी आठपहरिया जातिलाई पनि अधिकार सम्पन्न वनाउने तर्फ आफूले पहले गर्ने राईले बताए ।
सो अवसरमा राईले ४ वर्षको अबधिमा धनकुटाको विकास तथा समृद्धिका लागि विभिन्न राष्ट्रिय गौरवका ५ वटा योजना सहित सडक, पर्यटन, कृषि लगायतका क्षेत्रमा तिव्रगतिमा काम भइरहेको दावी गरे । जनतालाई हल्लाको पछि नलाग्न आग्रह गर्दै जनताको लागि काम गर्ने पार्टी नेकपा एमाले मात्र रहेको ठोकुवा पनि गरे ।
त्यस्तै गरी उनले शिक्षा क्षेत्रको विकास तथा गुणस्तिरिय शिक्षाका लागि ३ सय भन्दा बढि सुबिधा सम्पन्न नमुना भवन निमार्ण गरिसकेको जानकारी दिए । उनले सधै जनातालाई शिरमा राखेर जनताको जे समस्या छ त्यो पुरा गर्ने र हिजो जनता माँझ बोलेका प्रतिवद्धताहरुको काम निरन्तर अगाढि बढिरहेको वताए ।
त्यस्तै गरी शिलान्यास समारोहका अर्का अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले निर्वाचनको समय सम्ममा धनकुटामा बसोबास गर्ने आठपहारिया जातिको घर फुसको छानोमुक्त बनाई छाड्ने बताए । प्रमुख तामाङले संग्राहलय निमार्ण गर्न सरोकारवाला निकायहरु र समुदायको तर्फबाट अग्र्रसरता देखाए चाँडै पुरा हुने दावी गरे ।
साथै उनले धनकुटामा मात्र वसोवास रहेको आठपहरिया समुदाय समृद्धिको विन्दु तर्फ अगाडि बढाउने प्रयास नगरपालिकाबाट भईरहेको बताए । धनकुटा नगरमा कुल जन्संख्याको २३ प्रतिशत आठपहरिया समुदायको बसोबास रहेको स्मरण गराउँदै विकास निमार्णको काम भएर पनि आठपहरिया समुदायको उत्थान भएन भने धनकुटाले समृद्ध हासिल गर्न नसक्ने प्रमुख तामाङले दावी गरे । धनकुटा नगरपालिकाले निरन्तर रुपमा आठपहरिया समुदायको आर्थिक विकासको लागि पहल गरिरहेको तामाङको भनाई छ ।
आठपहरिया समुदायको संग्राहालय भवन निर्माणको लागी संघिय सरकारबाट प्राप्त ५० लाख लगतमा धनकुटा–५ विहिवारे हटिया स्थित् मार्गदेवी मन्दिर परिसरमा निमार्ण कार्य सुरु भएको छ ।
शिलान्यास समारोहमा वडा नं ४ का वडा अध्यक्ष जम्शेर छाराहाङ, आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट बहादुर छोङदेन, नेकपा एमाले धनकुटा नगर ईन्र्चाज नरेन्द्र पोखरेल, नेपाल पत्रकार माहासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले आठपहरिया समुदायको उत्थान विकास र समृद्धिका लागि तिनै तहका सरकारले सहयोग गर्नु पर्नेमा जोडदिएका थिए ।
शिलान्यास समारोह किरात आठपहरिया संग्राहालय निमार्ण उपभोक्ता समिति धनकुटाका अध्यक्ष कोमल किन्दाङ आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।