संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोला माथिल्लो तेन्छोङमा पहिरो जाँदा १ घरमा पुर्ण क्षति भएको छ । घरमाथि भएको ढुँगा झरेर गएराति घरमा क्षतिसंगै एक जना घाइते भएको छ ।
लगातार बर्षातको कारण घरमाथि रहेको ठुलो ढुँगा लडेर आएर माथिल्लो तेन्छोङका छत्तिस कुमार राईको घर पुर्णरुपमा क्षति भएको छ भने उनी घाइते भएका छन् ।
राति १ बजेतिर पहिरो जाँदा ८० बर्षिय कुलुङ, उनका श्रीमति ८३ बर्षिया सुखमाया कुलुङ र उनका ए नातिनी भागरेर बाँच्न सफल भएको स्थानीय सन्तोष कुलुङले जानकारी दिए ।
विरामीको स्थानीय स्वास्थ्य ईकाईमा उपचार भई रहेको उनको अनुहारमा चोट लागेकोे छ । लगातार ४ दिनदेखि परेको अबिरल बर्षाका कारण पहिरोको जाखिम बढेको हो ।
गत बर्ष गाउँपालिकाको वडा नं. १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा धनजनको क्षति पुगेको थियो । गत बर्षको असार २७ गते बेसिन्दामा गएको पहिरोबाट ९ घर बगाउँदा ११ जना अझै वेपत्ता छन् ।
विस्थापित १ सय ६ घर यो बर्खामा पनि टेन्टमा नै बस्न बाध्य छन् । उनीहरु अस्थायी व्यवस्थापन गरिएको बुधबारे र चित्रेमा बसेका छन् ।