बिर्तामोड । झापाको बिरिङ खोलामा आएको बाढीले झापा गाउँपालिकाको वडा नं ५ खयरबारीमा बाँध फुटाएर बस्तीतिर पसेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार नदीले बाँध भत्काइसकेको छ । सो स्थानमा २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा परेको छ ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं ७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं ५ को बालुबथानतिर पस्ने अवस्था छ ।

जिल्लाका विभिन्न स्थानमा शनिबार भएको अबिरल बर्षाका कारण जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको समेत अध्यक्ष ढकालले बताएका छन् ।