भद्रपुर / माछा पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ पोकापाडा निवासी अन्दाजी ६० वर्षीय धनसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका राजवंशी रातभर हराएका थिए ।
त्यसपछि उनी हराएको परिवारका सदस्यले स्थानीयबासीलाई जानकारी गराएका थिए । स्थानीयले खोज्ने क्रममा उनको शव शनिबार बिहान माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो ।
उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरको टोलीले बिहान ९ बजे पोखरीबाट शव निकालेको डिएसपी थापाले बताए ।