सिरहा। सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं.१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही सिरहा नगरपालिका वडा नं.१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
स १ त ३९७२ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।