सिरहा । सिरहा र धनुषा  जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भने  कमला नदीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् । गएराति परेको मुसल्धारे वर्षासँगै  कमला नदीमा पानीको सतह बढदै गएको हो ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले कमलाको तटबन्धसँग जोडिएका गाउँहरुको स्थलगत निरीक्षण गरेको छ’ सिरहाका प्रमुख जिल्ला अधिकारी कणेलले भने ‘मंगलबार  बिहानैदेखि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ ।’

कमलाको बाढीमा पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात ठाउँका तटीय गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ ।

स्थानीय त्रसित
कमला नदीमा बाढीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । मंगलबार देखि निरन्तर वर्षा हुन थालेपछि पूर्वी तटबन्धका कमजोर स्थानहरु भत्काएर बाढी गाउँ पस्न सक्ने भयले स्थानीय त्रसित बनेका हुन् ।

kamala