मधुमल्ला । मोरङको मिक्लाजुङमा जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसर पारेर नेकपा एमाले मिक्लाजुङ गाउँ संगठन कमिटिले बृक्षारोपाण कार्यक्रम सम्मपन्न गरेको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को किम्बु खेती क्षेत्रमा बिभिन्न जातका करिब पाँचसय बिरुवाहरु रोपीएका नेकपा एमाले मिक्लाजुङका सचिब नविन कार्कीले बताए ।
बृक्षा रोपण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मोरङ जिल्ला सदस्य नरेन्द्र प्रसाद ढुङ्गेलले जननेता मदन भण्डारीका बिचार नेपालीहरुका लागि उपयोगी भएका र आज पनी नेकपा एमाले मदन भण्डारीको बिचार अनुसार अघि बढी रहेकाले नेपाली कम्युनिष्ट आन्दोलनमा उच्च स्थान रहने बताए ।
बृक्षा रोपण कार्यक्रममा डिभिजन वन कार्यालय मधुमल्लाका प्रमुख कल्याण लम्साल सहित कर्मचारीहरु, मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेत र पदाधीकारीहरु, राष्ट्रिय युवा संघ नेपाल मिक्लाजुङका पदाधीकारीहरु, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य शुशिलराज चौहान, अनेम संघका पदाधीकारीहरु, एमाले मिक्लाजुङका अगुवाहरु मेघनाथ घिमीरे, कमल प्रसाद काफ्ले, डिल्ली प्रसाद खतिवडा, नेकपा एमाले मोरङ जिल्ला सल्लाहाका सदस्य राम कृष्ण राई, जिल्ला सदस्य देवी प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेकपा एमाले मिक्लाजुङ गाउँ संगठन कमिटिका संयोजक बुद्धीमान लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।