विराटनगर । खकुलो प्रावाधनसहित जिल्ला प्रशासन कार्यालय मोरङले थप एक साता निषेधाज्ञा अवधि थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सोमबार अपरान्ह असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

अहिले अवस्थामा खुकुलो पार्दै जारी निषेधाज्ञा आदेश अनुसार अब बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहनेछ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको छ । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ ।

खाद्यवस्तु, इन्धन, खानापकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालय, पुस्तक पसल, निर्माण सामग्रीका पसल, कपडा आदिका पसलहरु सञ्चालन गर्न पाइने छ । तर अत्यावश्यक बाहेक सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन हुने छैनन् ।