भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहानै पूर्वबाट पश्चिम तर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको बा ३ ख ९३६८ नम्बरको पिकअप भ्यान र स १ छ ४६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदै दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार रहेका दुईजना र पिकअप भ्यानका चालकको दुर्घटनामा परी ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय प्रहरीका अनुसार मृतको सनाखत हुन सकेको छैन भने घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।