विराटनगर/विराटनगर ३ मा रहेको असनटोलका इश्वर सेढाइ र नम्रता सेढाइले मानव सेवा आश्रममलाई खाद्यन् वितरण गरेका छन् ।

मंगलबार असनटोललमा एक कार्यक्रम आयोजना गरि आश्रमलाई आठ बोरो चामल र एक बोरा दाल वितरण गरेको हो ।

असनटोलका अध्यक्ष पुष्पकुमार थापाको उपस्थितमा उनीहरुले आश्रमका जिल्ला संयोजक गंगा खड्कालाई खाद्यान्य सामाग्री  हस्तान्तरण गरेका थिए ।

असनटोल समाजले यसअघि पनि सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । असनटोलबासी बिजयकुमार थपलियाले मानव सेवा आश्रमको नवनिर्मित भवनलाई  १ ट्रक सिमेन्ट सहयोग गरेका थिए ।